सुनको मूल्य कति पुग्यो को ?

images
  • 123
    SHARES
  • फाल्गुण २८, २०७९ आइतबार
    सुनको मूल्य कति पुग्यो को ?
    images

    काठमाडौं । सुनचाँदीको भाउ आइतबार बढेको छ । गत शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो ।

     

    नेपाल सुनचाँदी व्यवसायीी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि ८०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ किनबेच भइरहेको छ । 

     

    यसैगरी आइतबार तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी पाँच रुपैयाँले घटेर १ हजार २२० रुपैयाँमा किनबेच भएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend