देवघाट गाउँपालिका र सामुदायिक वनबिच अन्तरक्रिया गोष्ठी

images
  • 311
    SHARES
  • फाल्गुण २८, २०७९ आइतबार
    देवघाट गाउँपालिका र सामुदायिक वनबिच अन्तरक्रिया गोष्ठी
    images

     

    करिस्मा गुरुङ

    देवघाट तनहुँ : फाल्गुन २८ गते

    तनहुँको देवघाट गाउँपालिका र सामुदायिक वनबिच अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । आज सामुदायिक वन विकास कार्यक्रम सव-डिभिजन स्तरीय गोष्ठी कार्यक्रम देवघाट गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो । सव-डिभिजन वन कार्यालय देवघाटको आयोजनामा भएको उक्त गोष्ठी कार्यक्रममा स्थानिय सरकार र सामुदायिक वनबिच कस्तो सम्बन्ध रहनुपर्छ भन्ने विषयमा छलफल भएको थियोे ।

    333648757_1357406355038781_3466435287030506047_n.jpg

    सोही कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले आउने दिनमा गाउँपालिका र सामुदायिक वनका पदाधिकारीसँग सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताउदैँ निति तथा कार्यक्रम ल्याउने बताए । उक्त गोष्ठीमा अध्यक्ष थापाले यो वर्षबाट देवघाट गाउँपालिका भरिका सम्पुर्ण सामुदायिक वनहरूले १० प्रतिशत गाउँपालिकालाई कर तिर्नुपर्ने समेत जानकारी गराए । अब प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन गर्दा सामुदायिक वनका अध्यक्षसँग समन्वय गरेर वनले राखेको कार्यक्रमसँग मेल खाने गरि बजेट विनियोजन गर्ने थापाले प्रतिवद्वता गरे ।

    335611509_188691943891700_931734395900306420_n.jpg

    कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले सामुदायिक वन र स्थानिय सरकार बिचको सम्बन्ध सुमधुर रहनुपर्छ भन्दै त्यसले विकास निर्माण कार्यमा धेरै अघि बढ्न मद्धत पुर्‍याउने बताए । गुरूङले आगमि दिनहरूमा सहकार्यमा अगाडि बढ्ने बताए । सो कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश सचिवालय सदस्य केशव चन्द्र न्यौपानेले आफुले सामुदायिक वनमा आवद्व भएर लामो समय बिताएको हुदाँ कानुन नियमको पालना गरेर मात्रै अगाडि बढ्न सामुदायिक वनहरूलाई आग्रह गर्दै आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्ने बताए । देउति सामुदायिक वनका अध्यक्ष सुर्य बहादुर न्यौपानेको अध्यक्षता सम्पन्न कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, ५ वटै वडाका अध्यक्ष र सदस्यहरू,सव-डिभिजन वन कार्यालयका प्रमुख नवराज घिमिरे, लेखा शाखा प्रमुख उमानाथ ढकाल, लेखापाल संजय शर्मा लगाएत उपस्थिति रहेका थिए । भने उक्त कार्यक्रममा २५ वटा सामुदायिक वनबाट सहभागी रहेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend