तेह्रथुमको होडा बस्तीमा भीषण आगलागी

images
  • 90
    SHARES
  • फाल्गुण २८, २०७९ आइतबार
    तेह्रथुमको होडा बस्तीमा  भीषण  आगलागी
    images

    तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुंगास्थित होडा बस्तीमा भीषण आगलागी भएको छ । आगलागीबाट चार घर जलेका छन् । बस्तीको फेदीमा रहेको जंगलमा लागेको आगो बस्तीमा सल्किँदा ४ घर जलेको प्रहरीले जनाएको छ ।

     

    आगलागीमा परी स्थानीय भिम लिम्बू, अटलबहादुर राई, अमरबहादुर राई र जितेन्द्र राईको घर जलेका छन् । आगो नियन्त्रणमा आएको छैन । आगो नियन्त्रणका लागि गाउँपालिकाको दमकल, प्रहरी र स्थानीयलेवासीले प्रयास गरिरहेका छन् । आगलागीबाट ३० लाख रुपैयाँभन्दा बढीको क्षति भइसकेको प्रारम्भीक अनुमान छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend