सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि चौथो चरणका खेल

images
  • 73
    SHARES
  • फाल्गुण २९, २०७९ सोमबार
    सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि चौथो चरणका खेल
    images

    काठमाण्डौ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि चाैथाे चरणका खेल सुरु हुँदैछन् ।

    प्रतियोगितामा आज दुई खेल हुँदैछन् । दिउँसो साढे २ बजे च्यासल मैदानमा हिमालयन शेर्पा क्लब र एफसी खुमलटार खेल्ने छन् । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् ।

    हिमालयन ३ खेलमा ४ अङ्क जोडेर नवौँ स्थानमा छ भने खुमलटार ३ खेलमा ३ अङ्क जोडेर दशौँ स्थानमा छ ।

    यस्तै बेलुका साढे ५ बजे दशरथ रंगशालामा रोयल ब्लू सातदोबाटो युथ क्लब र थ्री स्टार क्लब खेल्ने छन् ।

    आज सातदोबाटो लगातार चाैथाे जित निकाल्ने दाउमा हुनेछ भने थ्री स्टार दोस्रो जितको खोजीमा हुनेछ ।

    सातदोबाटो ३ खेलमा ९ अङ्क जोडेर दोस्रो स्थानमा छ । थ्री स्टार ३ खेलमा ४ अङ्क जोडेर आठौँ स्थानमा रहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend