राष्ट्रपति पौडेलबाट शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण

images
  • 177
    SHARES
  • फाल्गुण २९, २०७९ सोमबार
    राष्ट्रपति पौडेलबाट शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण
    images

    काठमाडौँ

    राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गरेका छन् । राष्ट्रपति पौडेल सोमबार त्यहाँ गएर शहीदप्रति श्रद्धा व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गरेका हुन् । नवनिर्वाचित राष्ट्रपति पौडेलले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

    राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले आफूले जिम्मेवारी सम्हालेसँगै शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण प्रचलन रहिआएको छ । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend