महिला लघुवित्तका सदस्यहरुलाई दुई दिने ब्यवसायीक च्याउ खेती तालिम सपन्न

images
  • 182
    SHARES
  • फाल्गुण ३०, २०७९ मंगलबार
    महिला लघुवित्तका सदस्यहरुलाई दुई दिने ब्यवसायीक च्याउ खेती तालिम सपन्न
    images

    रबिन दाहाल,काठमाडौं

    महिला लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय काभ्रेको आयोजनामा शाखा कार्यालय ढिकुरे नुवाकोटका सदस्यहरुलाई ब्यवसाहिक च्याउ खेती सम्बन्धी तालिम आज सम्पन्न गरेको छ ।

    333586090_146577714698887_9211432704418940589_n.jpg

    २ दिन सम्म चलेको तालिममा सहभागी ७६ जना सदस्यलाई कसरी च्याउ खेती गर्ने भनि प्रयोगात्मक तालिम गरी देखाइएको त्यस शाखाका शाखा प्रमुख जयराम आचार्यले बताए । केन्द्रीय कार्यालयबाट गएका सुपरिवेक्षण तथा निरिक्षण बिभाग प्रमुख बुद्धि सागर न्यौपानेले तालिममा सहभागि सदस्यहरुलाई च्याउ खेती गर्न सक्षम बनाउने गरी तालिम आयोजना गरिएको र च्याउ उत्पादन गरी परम्परागत खेती भन्दा बढी मात्रामा प्रयोगात्मक आधुनिक र नगदेवाली खेती गर्न तर्फ लागि उद्ययमी बन्न सहयोग गर्ने तालिमको उद्धेश्य रहेको बताए । तालिममा सहभागि सदस्यहरुले भविष्यमा च्याउ खेतीबाट मनग्य आम्दानी लिने अपेक्षा यस तालिमबाट आफुहरुले राखेको बताएका छन । तालिम प्रशिक्षक दिनेश प्रसाद जमरकेटल र शाेभा गिरिले दिएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend