राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त

images
  • 64
    SHARES
  • चैत्र १, २०७९ बुधबार
    राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त
    images

    काठमाडौं 

    नेपाली राष्ट्रिय  फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाललाई नियुक्त गरिएको छ । 

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग क्लब मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक रहेका कटुवाललाई नेपाली राष्ट्रिय  फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । 

     

    उनलाई बुधबार सहायक प्रशिक्षकमा नियुक्त गरिएको एन्फाले जनाएको छ । कटुवालसँग राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको अनुभवसमेत छ ।  गत कात्तिकमा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा कटुवालले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भूमिका निर्वाह गरेका थिए । एन्फाले विनोद डंगोललाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको छ ।

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend