देवघाट तनहुँ : चैत १ गते
तनहुँको देवघाटमा रहेको श्रीदुर्गापञ्चाङ्गशक्तिपीठ इन्दिरा सन्यास आश्रममा श्रीमद्वेवीभागवतमहापुराण नवाहज्ञानमहायज्ञ हुने भएको छ । पवित्र तिर्थ भुमि देवघाटमा रहेको एउटामात्रै महिला आश्रम इन्दिरा आश्रमले आगमि चैत ८ गतेदेखि १६ गतेसम्म महायज्ञ सञ्चालन गर्ने महायज्ञ आयोजक मूलसमितिले बताए ।
उक्त महायज्ञको सुभारम्भ हुनु पुर्व ७ गते पूर्वाङ्ग पूजावाजा हुने, महायज्ञको पहिलो दिन कथारम्भ र कलशयात्रा हुने, १२ गते साझाँ ५ बजे लक्षदीप प्रज्ज्वालन कार्यक्रम हुने, १६ गते ११ बजे तिलापर्ण र २ बजे पूर्णाहुति कार्यक्रम हुने त्यस्तै १७ गते ८ बजे भजनकीर्तनसहित नारायणीपूजनपूर्वक फूलपातिविसर्जन गरी महायज्ञ समापन हुने आश्रमका अध्यक्ष तपस्वानी माता श्रीइन्दिरा (ईश्वरानन्द) सरस्वतीले बताए । महायज्ञमा दान गर्न इच्छुक व्यक्तिले आएर दान गर्न सक्नुहुने आश्रमका उपाध्यक्ष गोकुलानन्द सरस्वतीले जानकारी दिए ।
उनले आश्रमले पहिलोपटक भव्य रूपमा महायज्ञ आयोजना गरिएको हुदाँ कुनै करकाप विना सहयोगी मनले सहयोग गरेमा आश्रम प्रसन्न रहने बताउए । र महायज्ञको लागि सबै कामहरू तयारी गर्दै रहेको बताए । सो महायज्ञमा श्रीमद्वेवीभागवतमहापुराणपारायण, लघुरूद्राभिषेक, नवचण्डी, शुक्लयजुर्वेदपाराय, नवार्णमन्त्रजप, ब्रह्मागायत्रीजप, भगवन्नामसंकीर्तन,त्रिकाल, विशेष आरति, साधुसन्त र ब्राह्मणभोजन एवं जलपानादि अङ्गहरू रहेका छन् ।



