काठमाडौं,चैत २
विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई हराएर विश्व कप क्रिकेटको क्वालिफायरमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि डकवर्थ लुइस नियमका आधारमा नेपाल विजयी भएको हो । नेपाल ९ रनले विजयी भयो ।
एसोसिएट क्रिकेटमा आज आशिफले सबैभन्दा छिटो शतक हान्ने रेकर्ड पनि बनाएका छन् । यस्तै, वृत्य अरविन्दले ९४, मोहम्मद वासिमले ६३ रन र रोहन मुस्ताफाले २० रन बनाए । बलिङतर्फ नेपालका दिपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एकरएक विकेट लिए ।



