यार्सा संकलन खुला जेठ १५ देखि

images
  • 312
    SHARES
  • जेठ ९, २०७९ सोमबार
    यार्सा संकलन खुला जेठ १५ देखि
    images

      मुगु 

    कार्मारोङ्ग गाँउपालिकाले १५ जेठदेखि मुगुमको पूर्वी करान भेगमा यार्सागुम्ब संकलन गर्न खुला गरेको छ।

    wwwww.jpg

    यसअवधिमा जिल्ला भित्र र बाहिरबाट आउने सर्वसाधरणले यार्सा संकलन गर्न सक्नेछन्।वन प्रवेशका लागि गाँउपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताले १५ जेठबाट वन प्रवेश गर्न पाउने मुगुम कार्मारोङ्ग गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए।

    उनका अनुसार जिल्ला भित्रका सर्वसाधारणबाट प्रति व्यक्ति दुई हजार र बाहिर जिल्लाबाट आउने संकलनकर्ताबाट २५ सयका दरले गाउँपालिकाले कर उठाइने भएको छ।मुगुम कार्मारोङ्ग गाँउपालिका–२ मुगु गाउँको रिमाण, ठुलोकोईकी, सानो कोईकी, छापाखोला, र्चाकु लगायत वनमा यार्सा पाइन्छ।

    यार्साबाट उठेको रकम गाउँपालिकामा जम्मा हुने र पछि गाउँपालिको बोर्ड मिटिङ्गमा छलफल गरी कहाँ कसरी खर्च गर्ने भन्ने विषयमा छलफल गरिनेछ।यार्सा संकलनको समयमा वन प्रवेशपछि वातावरणमा खलल् पुग्ने कार्य नगर्न गाउँपालिकाले आग्रह गरेको छ।

    १५ जेठबाट यार्सा संकलनको समय अवधिभर वातावरणलाई खलल् पुग्ने कार्य नगर्न आग्रह गरेको छ।यार्सा संकलनका क्रममा जथाभावी सिसा, प्लाष्टिक नफाल्न र रुख बिरुवा नकाट्न, चोरी निकासी नगर्न आग्रह गरेको गाउँपालिकाले जनाएको छ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend