देशैभर तीन दिनसम्म हल्का वर्षा हुने

images
  • 128
    SHARES
  • चैत्र ३, २०७९ शुक्रबार
    देशैभर तीन दिनसम्म हल्का वर्षा हुने
    images

    काठमाडौं 

    आगामी तीन दिन (आइतबार) सम्म देशैभर हल्का वर्षा हुने भएको छ ।

     

    पश्चिमी वायुसँगै पश्चिमी वायु मिसिएपछि मौसम सक्रिय भएको हो । आगामी दिन दिनसम्म हल्का वर्ष हुने भएकाले निरन्तर झरी  भने नहुने जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान शाखाका मौसम विद् रोजन लामिछानेले बताए ।

     

    ‘काठमाडौं उपत्यका सहित देशैभर मौसम सक्रिय छ । निरन्तर झरी भएर बाढी आउने सम्भावना छैन । हल्का रुपमा एकछिन पानी पर्ने फेरी रोक्ने घाम लाग्ने हुन्छ’ लामिछानेले भने, ‘पश्चिमी वायुसँग स्थानीय वायु सक्रिय भएपछि वर्षा भएको हो । त्यो प्रिमनसुनमा यस्तै हुन्छ ।’ आजदेखि सुरु भएको वर्षाले किसानलाई फाइदा हुने बताएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend