३ चैत, दाङ
दाङमा धुवाँले निस्सासिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–५ का ४० वर्षीया पार्वती घर्ती रहेको प्रहरीले जनाएको छ ।
पाताले छाएको एक कोठे घरमा बिहिवार राती सुतेको अवस्थामा आगलागी हुँदा धुवाँले निस्सासिएर घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए । मृतकको शरीरमा भने कतै जलेको घाउखत छैन ।
शुक्रबार बिहान स्थानीयले धुवाँ उडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक घरमा एक्लै बस्दै आएकी थिइन् । उनको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।



