देवघाट तनहुँ:चैत्र ४
तनहुँको देवघाट गाउँ पालिकाका अध्यक्ष तिलबहादुुर थापाले आफ्नो तलब भत्ता वापतको रकम सार्वजनिक पुस्तकालयलाई उपलब्ध गराएका छन् ।
अध्यक्ष थापाले शनिबार आफ्नो तलबको रकम ३५ हजार ६ सय ४० रुपैयाँ देवघाट गाउँ पालिका-५ मा रहेको देवघाट सामुदायिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेललाई हस्तान्तरण गरेका छन् ।



