प्रधानमन्त्रीलाई विश्वासको मत दिन सत्ता गठबन्धन एकजुट

images
  • 62
    SHARES
  • चैत्र ४, २०७९ शनिबार
    प्रधानमन्त्रीलाई विश्वासको मत दिन सत्ता गठबन्धन एकजुट
    images

    काठमाडौं, चैत ४-

    सत्ता साझेदार १० दलीय गठबन्धनले प्रधानमन्त्रीलाई विश्वासको मत दिन एकजुट हुने निर्णय गरेको छ । सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले आइतवार संसदमा सरकारले पेश गर्ने संक्रमणकालीन न्याय –टिआरसी सम्बन्धी विधेयकको पक्षमा एकमतका साथ उभिने निर्णय समेत गरेको छ ।

     

    प्रधानमन्त्रीले विश्वासको मत लिएपछिमात्र मन्त्रिपरिषद पुनर्गठन हुने भएकाले यसबारेमा शनिबारको बैठकमा छलफल नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend