मोटरसाइकलको ठक्करबाट ललितपुरमा साइकलयात्रीको मृत्यु

images
  • 147
    SHARES
  • चैत्र ५, २०७९ आइतबार
    मोटरसाइकलको ठक्करबाट ललितपुरमा साइकलयात्रीको मृत्यु
    images

    काठमाडौं ।

    ललितपुरको ग्वार्कोचोकमा शनिबार बेलुकी साइकललाई ठक्कर दिएर मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।

     

    मृत्युहुनेमा साइकलयात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको धुनखर्क गाउँपालिका घर भएका ३४ वर्षीय बुद्ध तिमिल्सिना रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा राति सवा ९ बजे मृत्यु भएको हो ।

     

    घाइते भएका मोटरसाइकलका चालक धादिङको धुनीबेशी नगरपालिका–७ घर भएका ३८ वर्षीय तुलसीराम गिरीको राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ ।

    वाग्मती प्रदेश ०२–००१ ब २२४७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend