जुम्ला बहुमुखी क्याम्पसकाे सभापतिमा नेविसङ्घका हमाल विजयी

images
  • 59
    SHARES
  • चैत्र ६, २०७९ सोमबार
    जुम्ला बहुमुखी क्याम्पसकाे सभापतिमा नेविसङ्घका हमाल विजयी
    images

    जुम्ला - 

    जुम्ला बहुमुखी क्याम्पसकाे सभापतिमा नेपाल विद्यार्थी सङ्घका महेश हमाल विजयी हुनुभएकाे छ । 

    जुम्ला बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिका अनुसार हमाल १ सय ४२ मत ल्याएर विजयी हुनुभएकाे हाे । हमालसँग पराजित अखिल क्रान्तिकारीका विष्णु भण्डारीले १३९ मत ल्याउनु भएकाे छ ।

    यस्तै, सचिवमा अखिल कान्तिकारीका जयकृष्ण जैसी १४० मत ल्याएर विजय हुनुभएकाे छ भने कोषाध्यक्षमा एकीकृत अनेरास्ववियूका मेघराज देवकोटा १ सय ५३ मत ल्याएर विजयी हुनुभएकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend