रुपन्देहीका तीन वटा क्याम्पसमा नेविसङ्घ र दुई वटामा अनेरास्ववियु विजयी

images
  • 79
    SHARES
  • चैत्र ६, २०७९ सोमबार
    रुपन्देहीका तीन वटा क्याम्पसमा नेविसङ्घ र दुई वटामा अनेरास्ववियु विजयी
    images

    रुपन्देही - 

    स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्तर्गत रुपन्देहीका ६ वटामध्ये पाँच वटा क्याम्पसको नतिजा सार्जनिक भएको छ । पाँच वटामध्ये तीन वटा क्याम्पसकाे सभापतिमा नेपाल विद्यार्थी सङ्घ र दुई वटा क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार  निर्वाचित भएका छन् ।

    यज्ञोदय क्याम्पस फर्साटिकरको सभापतिमा नेविसङ्घका महेश चौधरी, छपिया जनता कलेजकाे सभापतिमा अभिषेक कुमार यादव र शहीद नारायण पोखरेल रामापुर क्याम्पसकाे सभापतिमा मनोज बेल्वासे निर्वाचित भएका छन् ।

    यस्तै, हरैया बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रदीप सापकोटा र देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुकै अर्जुन गैरे सभापतिमा निर्वाचित भएका हुन् । 

     बुटवल बहुमुखी क्याम्पसमा भने मतगणना भइरहेकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend