उपराष्ट्रपति यादवको शपथ ग्रहण आज

images
  • 71
    SHARES
  • चैत्र ६, २०७९ सोमबार
    उपराष्ट्रपति यादवको शपथ ग्रहण आज
    images

    काठमाण्डाै -

    नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । 

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपराष्ट्रपति यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा शपथ लिनुहुने भएकाे हाे । 

    यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको हाे । चुनावमा यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्नुभएको थियो ।

    निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ३ मा सकिएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend