स्ववियु चुनावको क्रममा झडप भएपछि बाजुराको बुढीनन्दामा कर्फ्यु

images
  • 65
    SHARES
  • चैत्र ६, २०७९ सोमबार
    स्ववियु चुनावको क्रममा झडप भएपछि बाजुराको बुढीनन्दामा कर्फ्यु
    images

    काठमाण्डाै - स्ववियु चुनावको क्रममा झडप भएपछि बाजुराको बुढीनन्दा नगरपालिका–१ र २ मा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

    सत्तारुढ गठबन्धन निकट विद्यार्थी सङ्गठन र एमाले निकट अनेरास्ववियुका विद्यार्थीबीच बुढीनन्दा क्याम्पसको स्ववियु चुनावको मतदानका क्रममा झडप भएपछि सम्भावित घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले हिजो बेलुकी ७ बजेदेखि अहिले बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाएको हो ।

    बुढीनन्दाको कोल्टीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । झडप साम्य पार्न प्रहरीले हिजो दिउँसो २७ राउन्ड हवाई फायरसहित अश्रुग्यास प्रहार गरेको थियो । झडप भएपछि स्ववियु चुनावको मतदान स्थगित गरिएको छ ।

    तस्बिर : धनबहादुर बीसी 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend