माडी क्याम्पसमा अनेरास्ववियुका राकेश विजयी

images
  • 94
    SHARES
  • चैत्र ६, २०७९ सोमबार
    माडी क्याम्पसमा अनेरास्ववियुका राकेश विजयी
    images

    चितवन, चैत ५–

    चितवनको माडी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को सभापतिमा नेकपा (एमाले) निकट अनेरास्ववियुका राकेश चौधरी निर्वाचित भएका छन् ।

     
     

    केहीबेर अघि सम्पन्न मतगणना अनुसार ११९ मत प्राप्त गर्दै चौधरी सभापतिमा निर्वाचित भएका हुन् । सत्तागठबन्धन र राप्रपा निकट विद्यार्थी संगठनसहितको संयुक्त प्यानलका रवि भुर्तेललाई १३ मतान्तरले पराजित गर्दै स्ववियू सभापति बनेका हुन् । चौधरीसंग पराजित भुर्तेलले १०६ मत मात्रै प्राप्त गरे ।

     

    आज दिउँसो सम्पन्न मतदानबाट कुल २२८ मत खसेको थियो । यस्तै अनेरास्ववियुको समर्थनमा उम्मेदवारका बनेका विकास ओझा सचिवमा निर्वाचित भएका छन् ।अनेरास्ववियु विरुद्ध सत्ता गठबन्धन र राप्रपाका विद्यार्थीहरु एकजुट भएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend