उपराष्ट्रपति यादवद्वारा शपथ ग्रहण

images
  • 66
    SHARES
  • चैत्र ६, २०७९ सोमबार
    उपराष्ट्रपति यादवद्वारा शपथ ग्रहण
    images

    काठमाण्डाै -

    उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

    बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट यादवले शपथ लिनु भएको हो ।

    गएको ३  गते भएको चुनावबाट उहाँ उपराष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । जसपाका नेता रामसहायप्रसाद यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै चुनाव जित्नु भएको थियो ।

    निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल अस्ति शनिवार सकिएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend