सुनको भाउ केही घट्यो

images
  • 108
    SHARES
  • चैत्र ६, २०७९ सोमबार
    सुनको भाउ केही घट्यो
    images

    काठमाण्डाै - 

    भाउ बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज भने केही घटेको छ ।

    सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर एक लाख ९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँमा पुगेको थियो ।

    यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज  तोलामा १५ रुपैयाँले घटेर एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

    हिजो चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend