नेपाल प्रहरीका पाँच जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

images
  • 76
    SHARES
  • चैत्र ६, २०७९ सोमबार
    नेपाल प्रहरीका पाँच जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
    images

    काठमाण्डाै -

    सरकारले नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।

    बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

    यसअघि गृहसचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले पाँचै जना डीआईजीलाई बढुवा सिफारिस गरेको थियो ।

    एआईजीहरू विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण बीसी, रवीन्द्रबहादुर धानुक र पूजा सिंहले अनिवार्य अवकाश पाएपछि उनीहरूको ठाउँमा पाँच जना डीआईजीको बढुवा गरिएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend