पाथीभरा दर्शन गर्न आएकी एक महिलाको ज्यान गयाे

images
  • 74
    SHARES
  • चैत्र ७, २०७९ मंगलबार
    पाथीभरा दर्शन गर्न आएकी एक महिलाको ज्यान गयाे
    images

    ताप्लेजुङ -

    ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभरा दर्शन गर्न आएकी एक महिलाको ज्यान गएकाे छ । 

    पाथीभरा मन्दिरको दर्शन गरी सोमवार बेलुका माथिल्लो फेदीमा बास बसेकी बिर्तामोड नगरपालिका-२ चारपाने झापा बस्ने ४७ वर्षीया शिवमाया गौतमको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले बताउनुभयो । 

    कार्कीका अनुसार सोमवार हिजाे पाथीभराको दर्शन गरी  पुनः माथिल्लो फेदीमा आएर गौतमसहित उहाँका आफन्त बास बसेका थिए । शाैचालयमा नै लडेको अवस्थामा भेटिनुभएकी गाैतमलाई  स्वास्थ्यकर्मीले मृत घाेषित गरेका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend