एम्बाप्पे फ्रान्सकाे नयाँ कप्तान

images
  • 111
    SHARES
  • चैत्र ७, २०७९ मंगलबार
    एम्बाप्पे फ्रान्सकाे नयाँ कप्तान
    images

    एजेन्सी । फ्रान्सको राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तानमा फरवार्ड किलियन एम्बाप्पे नियुक्ति भएका छन् ।यसअघि कप्तान रहेका गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानको जिम्मेवारी दिएको हो।

     

    फ्रान्सको राष्ट्रिय टोलीको जर्सी लाएर ६६ खेल खेलेका एम्बाप्पेले कप्तानको रूपमा पहिलो खेल युरोकप २०२४ को छनौट खेलको लागी नेदरल्याण्डसँग हुनेछ ।सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन र सन् २०२२ मा विश्वकपमा उपविजेता बनाउन एम्बाप्पेले महत्वपूर्ण योगदान पुर्‍याएका थिए।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend