शत्रुधन झा,मकवानपुर जिल्ला मकवानपुर हेटौडा वार्ड न. १ लालझाडी बस्ने श्री पदम बहादुर स्याङ्गतानको छोरीको विवाह २०४९ सालमा हेटौडा महानगरपालिका वार्ड नं १ बस्ने रत्न बहादुर लामाका छोरा जिवन बहादुर लामासँग भयो र ४ वटा छोराछोरी र आफु पतिपत्नी गरी ६ जनाको परिवार रहेको र पुर्खयौली पेशा कृषि नै रहेको र पनि फरक सोच राखेर महिलाहरु सबै चुलो चम्कोमा मात्र सिमित हुने होइन पुरुषले मात्र कमाउने महिला घरको काममात्र गरेर बस्ने सोचलाई परिवर्तन गर्नुपर्छ र हामीले पनि केही गरेर देखाउनु पर्छ, श्रीमानको कमाईमा मात्र भर पर्नु हुदैन कम्तीमा आफुले कमाएर पर खर्च भएपनि चलाउन सकियो भने श्रीमानको कमाई बचत गरी भविष्यमा केही गनुपर्छ, भन्ने सकारात्मक सोच भएकी मकवानपुर जिल्ला हेटौडा महानगरपालिका वार्ड न १ लालझाडी बस्ने श्री विष्णुमाया स्याङ्गतानले ठुलै लगानीको व्यापार नभई आफनो ठाउँ र परिवेशमा उपलब्ध स्रोत साधनको उपयोग गरि खाजा होटल गर्ने सोच हुदाहुदै पनि पैसा हातमा नरहेको र गाउँमा साहु महाजनसँग लिउ भने चर्को ब्याज लाग्ने डरले गाउंमा संचालित लघुवित्तहरुको खोजीगर्दा महिला लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय हेटौडाबाट संचालित केन्द्र नं ३८ को स.नं २२५ मा आवद्ध भई खाजा होटल व्यवसायको लागि महिला लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय हेटौडाबाट प्रथम पटक साधारण कर्जा बापत रु ५०,०००/ (अक्षरेपी पचास हजार मात्र)।
कर्जा लिई खाजा होटल गरि हालसम्म सोहि खाजा होटलबाट भएको नियमित आम्दानी भइरहेको र सो आम्दानीले घरको खर्च र बालबच्चाको पढाइ खर्च गर्नमा कुनै कठिनाई नरहेकोले श्रीमानको कमाईको अधिकतम रकम बचत गर्न पाएकोले घर परिवारमा खाजा होटल काममा थप हौसला मिलेको सदस्यको भनाई रहेको छ। श्री विष्णुमाया स्याङ्गतानको दिनाचर्या हाल आएर परिवर्तन भएको छ एकाबिहानै खाजा होटल सफा गर्न देखि लिएर चिया खाजा बनाउने जस्ता काम नियमीत नै रहेको बताउछिन । केन्द्रमा पनि असल र सरल स्वभावकी रुपा दुमगाना केन्द्रप्रमुख भइ उनके कार्यकालमा महिला लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय हेटौडाको प्रथम केन्द्रमा पुरस्कृत गराउनमा मुख्य भुमिका रहेको देखिन्छ । यसरी केन्द्रमा असल भुमिका खेल्ने सदस्यहरुले गर्दा कार्यक्रम पनि दिगो र दरिलो हुनमा कुनै पनि दुइमत नरहेको हाम्रो विश्वास रहेको छ । हाल नेपालको परिवेशमा लघुवित्त वित्तीय संस्थाहरुले यस्ता साना व्यवसायहरुलाई स-साना कर्जा उपलब्ध गराए पनि कर्जाको सदुपयोग गर्न नसक्ने महिला सदस्यहरुलाई सोही संस्थाहरुले उपलब्ध गराएको कर्जा अनुत्पादक क्षेत्रमा लगानी भई सो बाट उचित प्रतिफल नमिल्दा कर्जा तिर्न कठिन भएको र सोही कर्जा बोझभएको उदाहरण प्रत्यक्ष रुपमा देख्न पाईन्छ भन्ने भनाई श्री विष्णु माया स्याङ्गतानको जस्तै लगनशील ईमानदार र मेहनती सदस्यहरु रहेको खण्डमा समाजमा उदाहरणको रुपमा लिई महिला दिदीबहिनीहरुको वृद्धि विकासमा सहयोग पुग्ने देखिन्छ ।



