अनन्त तामाङकाे गाेलमा नेपाललाई अग्रता

images
  • 58
    SHARES
  • चैत्र ८, २०७९ बुधबार
    अनन्त तामाङकाे गाेलमा नेपाललाई अग्रता
    images

    काठमाण्डाै –

    प्रधानमन्त्री कप थ्री नेसन्स कपमा लाओससँगकाे खेलमा नेपालले अग्रता लिएकाे छ । अनन्त तामाङले खेलकाे ३० औँ मिनेटमा गाेल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

    आजदेखि सुरु भएकाे प्रतियाेगितामा नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।

    विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।

    एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर राखेको छ ।

    तस्बिर : एन्फा

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend