देवघाट तनहुँ:चैत ८
तनहुँको देवघाट गाउँपालिकाको आयोजना र देवघाट क्षेत्र बिकास समिति र गलेश्वर आश्रमको समन्वय र जेरेयाट्रिक सोसाइटी अफ नेपाल,रोटरी क्लब अफ चन्द्रगिरीको प्रविधि सहयोगमा देवघाट क्षेत्रमा जेष्ठ नागरिक स्वास्थ्य सेवा र स्याहारको बिषयमा सरोकारवालाहरु संग वृहत् अन्तरक्रिया कार्यक्रम आज देवघाट क्षेत्र बिकास समितिको सभा हलमा सम्पन्न भएको छ।
कार्यक्रम देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले कार्यक्रम बोल्दै जेष्ठ नगरिकनहरुमा देखिने सुगर पेसर,मुटु रोग र हड्डी सम्बन्धि समस्याहरुलाई बेलैमा स्वास्थ्य परिक्षण गरि स्वास्थ्य जीवन बिताउन आग्रह समेत गर्नुभएको थियो।साथै अध्यक्ष थापाले देवघाट गाउँपालिकामा बसोबास गर्ने जेष्ठ नागरिकहरु लाई लक्ष्यित गरेर आउने आर्थिक वर्षमा बजेत विनियोजन गर्ने समेत बताए।
साथै उक्त कार्यक्रम देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले जेष्ठ नागरिकहरुलाई हेरचाह संगै स्वास्थ्य सेवा र स्याहार,सम्मान र माया गर्नुपर्ने बताए। कार्यक्रममा जेष्ठ नागरिक रोग विशेषज्ञ डा .अन्तत अर्यालले जेष्ठ नागरिकमा देखिने विभिन्न समस्य दिर्गरोग दम, पेसर, सुगर,मुटु रोग लगाएतको बिषयमा प्रशिक्षण दिदै स्वास्थ्य कसरी रहने भन्ने बिषयमा प्रष्ट पार्नु भएको थियो।
कार्यक्रममा देवघाट गाउँपालिका प्रशासकीय अधिकृत रमेश सुवेदी,देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक सदन बराल,देवघाट गाउँपालिका प्रवक्ता एवं ५ अध्यक्ष पुर्ण बहादुर कुँवर,जेरियाट्रिक सोसाइटी अफ नेपाल अध्यक्ष डा.सुमन्त बन्झाडे,देवघाट स्वस्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकी,सदस्य जेरियाट्रिक सोसाइटी अफ नेपाल तथा चितवन मेडिकल कलेज डाइरेक्टर डा.दयाराम लम्साल रोटरी क्लब अफ चन्द्रगिरीका सचीव जगतनारायण श्रेष्ठ,जेरियाट्रिक सोसाइटी अफ नेपालका कार्यकारी निर्देशक युवराज रोक्का लगाएत उपस्थित रहेको थियो।



