१७ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपाल ३–० ले अघि

images
  • 68
    SHARES
  • चैत्र ८, २०७९ बुधबार
    १७ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपाल ३–० ले अघि
    images

    काठमाण्डौ – १७ वर्षमुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा नेपालले भुटानसँगकाे खेलमा ३–० गाेलकाे अग्रता लिएकाे छ ।

    बङ्गलादेशकाे ढाकामा रहेकाे बीएसएसएस माेस्तफा कमल मैदानमा पहिलाे हाफकाे खेल सकिँदा नेपालले ३–० गाेलकाे अग्रता लिएकाे हाे ।

    प्रतियाेगिताकाे पहिलाे खेलमा नेपाल भारतसँग ४–१ गोलले पराजित भएकाे थियाे । यो प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, भुटान र रुस सहभागी छन् । 

    राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend