नेपालले लाओसलाई २–० गाेलले हरायाे

images
  • 71
    SHARES
  • चैत्र ८, २०७९ बुधबार
    नेपालले लाओसलाई २–० गाेलले हरायाे
    images

    तस्बिर : रासस

    काठमाण्डाै –

    प्रधानमन्त्री कप थ्री नेसन्स कपमा नेपालले लाओसलाई हराएकाे छ । आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले लाओसलाई २–० गाेलले हराएकाे हाे । 

    खेलकाे पहिलाे हाफमा १ गाेल गरेकाे नेपालले दाेस्राे हाफमा अर्काे गाेल थप्याे । नेपालका लागि अनन्त तामाङले खेलकाे ३० औँ र नवयुग श्रेष्ठले खेलकाे ५५ औँ मिनेटमा गाेल गरे । 

    आजदेखि सुरु भएकाे प्रतियाेगितामा नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।

    विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend