देवघाट तनहुँ:चैत ८
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ देवघाटधाममा श्रीदुर्गापञ्चाङ्गशक्तिपीठ, इन्दिरा सन्न्यास आश्रमकी संस्थापक अध्यक्ष तपस्वीनी माता श्रीइन्दिरा (ईश्वरानन्द) सरस्वतीज्यूको शुभसङ्कल्पकता. अनन्तश्रीविभूषित स्वामी सत्यप्रकाशानन्द सरस्वती महाराजज्यूको प्रधान संरक्षकता, ब्रह्मलीन श्री १००८ स्वामी परमानन्द सरस्वती महाराजज्यूका उत्तराधिकारीहरूश्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यू एवं श्री १००८ स्वामी विवेकानन्द सरस्वती महाराजज्यूको संरक्षकता, डा. स्वामी विमलानन्द सरस्वतीज्यूको वाचकत्व तथा प. श्री ईश्वरी कन्ढेलको यज्ञचार्यतामा यहीँ मिति चैत्र८ देखी १६ गते सम्म आयोजना भएको विश्वशान्ति साङ्ग श्रीमद्देवीभागवतमहापुराण नवाहज्ञानमहायज्ञको आज बाट सुरु भएको छ।
आज पहिलो दिन डा.विमलानन्द सास्वती महाराज र डा.स्वामी राजेश्वरानन्द सरस्वती को सान्निध्यमा कलश यात्रा सहित पुजापाठ गरि सुरु भएको छ।



