नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

images
  • 137
    SHARES
  • चैत्र ८, २०७९ बुधबार
    नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु
    images

    नवलपरासी । 

    पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । देवचुलीमा रहेको महाराजा सामुदायिक वनमा घाँस काट्न हिँडेकी देवचुली नगरपालिका–१० पृथ्वीनगरकी अन्दाजी ६१ वर्षीया दरिमा थापामगरलाई दिउँसो २ बजेतिर गैँडाले आक्रमण गरेको देवचुली–१० का वडाध्यक्ष रेप्तीकुमार घर्तीमगरले जानकारी दिए ।

     

    अध्यक्ष घर्तीका अनुसार थापालाई पृथ्वीनगर खेल मैदान नजिकै रहेको घाँसे मैदानमा घाँस काट्न जाने क्रममा गैँडाले आक्रमण गरेको थियो । गैंडाको आक्रमणबाट घाइते हुनुभएकी थापाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको वडाअध्यक्ष घर्तीमगरले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend