७० करोड राजस्व हिनामिना गरेकाे आराेपमा चार उपसचिवलाई आठ वर्ष कैद सजाय

images
  • 78
    SHARES
  • चैत्र ८, २०७९ बुधबार
    ७० करोड राजस्व हिनामिना गरेकाे आराेपमा चार उपसचिवलाई आठ वर्ष कैद सजाय
    images

    काठमाडौं ।

    यातायात कार्यालय कोशीको राजस्व हिनामिना प्रकरणमा भ्रष्टचारी ठहर भएका चार उपसचिवसहित ११ जनालाई विशेष अदालतले सजाय तोकेको छ ।

    विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु शालिग्राम कोइराला र बलभद्र वाँस्तोलाको इजलासले ३० फागुनमा उपसचिवहरु रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाल र होमनाथ भट्टराईलाई दोषी ठहर गरेको थियो । बुधबार भने उनीहरुलाई आठ वर्षका दरले सजाय तोकेको हो ।

     

    अध्यक्षध्यक्ष पौडेल तथा सदस्यहरु कोइराला र बास्तोलाको इजलासले तीन उपसचिवलाई आठ वर्ष कैद सजाय गरेको छ । यस्तै, एक उपसचिवलाई दुई वर्ष ६ महिना कैद सजाय भएको छ । अदालतले ११ जना कर्मचारीलाई नै बिगो र बिगोको दोब्बर जरिवानाको आदेश गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend