देवघाट तनहुँ:चैत ८
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा ईलाका प्रहरी कार्यालय देवघाटको आयोजना सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आज लागु औंषध दुर्व्यसन नियन्त्रण सम्बन्धी लघु सचेत कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले देवघाट गाउँपालिकामा लागु औंषध दुर्व्यसन नियन्त्रण सम्बन्धी लघु सचेत कार्यक्रमलाई प्रभावकारी ढङ्गले हरेक वडा वडामा सचेत मुलक शिक्षा तालीम आयोजना गरी अगाडी बढ्ने बताए।
साथै सो कार्यक्रममा तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रमुख अवदेश विष्टले लागु औंषध दुर्व्यसन नियन्त्रण सम्बन्धी लघु सचेत कार्यक्रम अन्तर्गत रहेर उपस्थित सहभागीहरुलाई प्रशिक्षण संगै अन्तक्रिर्या गरेका थिए।
कार्यक्रममा देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी,देवघाट गाउँपालिका प्रवक्ता एवं ५ अध्यक्ष पुर्ण बहादुर कुँवर,ईलाका प्रहरी कार्यालयका इन्चार्ज कृष्ण बहादुर बानियाँ,५ नम्बर वडा सदस्य याम बहादुर मगर,कमला गुरुङ र सरस्वती परियार,देवघाट नेपाली काङ्ग्रेसका सचीव भरत आचार्य,देवघाट नेकपा एमाले अध्यक्ष केसवचन्द्र न्यौपाने,देवघाट उद्योग बाणिज्य संघ अध्यक्ष रोशन श्रेष्ठ लगाए विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।



