आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा सामान्यतया सफा

images
  • 65
    SHARES
  • चैत्र ९, २०७९ बिहीबार
    आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा सामान्यतया सफा
    images

    काठमाण्डाै - 

    आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । आज पानी पर्ने खासै सम्भावना छैन । तर स्थानीय वायु सक्रिय भए बेलुकीपख पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्न सक्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

    पानी पर्ने सम्भावना कमै रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार आज पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने अनुमान छ । अन्य क्षेत्रमा मौसम सामान्यतया सफा नै रहने छ । प्रि-मनसुनको समय भएकाले दिउँसो पछि मेघगर्जन र चट्याङसहित हावाहुरीको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

    विशेषगरी कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जन र चट्याङ पर्ने अनुमान छ । यस्तै, अन्य प्रदेशका केही पहाडी  र तराईका एक/दुई ठाउँमा पनि चट्याङ र हावाहुरीको जोखिम रहेको मौसमविद्ले बताएका छन् । अहिले काठमाण्डाैसहित धेरै ठाउँमा घाम लागेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend