सुनको भाउ आज १ हजार २ सय रुपैयाँले बढ्यो

images
  • 62
    SHARES
  • चैत्र ९, २०७९ बिहीबार
    सुनको भाउ आज १ हजार २ सय रुपैयाँले बढ्यो
    images

    काठमाण्डाै - 

    हिजो तोलामा दुई हजार रुपैयाँले घटेको सुनको भाउ आज भने १ हजार २ सय रुपैयाँले बढेको छ ।

    आज सुनको भाउ तोलामा १ लाख ९ हजार रुपैयाँ पुगेको छ । यसअघि गएको ५ गते आइतवार सुनको भाउ बढेर अहिलेसम्मकै उच्च १ लाख १० हजार रुपैयाँमा पुगेको थियो ।

    आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend