तिलोत्तमा गोल्डकप : मनाङ मर्स्याङ्दी र फ्रेण्ड्स क्लब खेल्दै

images
  • 74
    SHARES
  • चैत्र ९, २०७९ बिहीबार
    तिलोत्तमा गोल्डकप : मनाङ मर्स्याङ्दी र फ्रेण्ड्स क्लब खेल्दै
    images

    रुपन्देही -

    बुटवलमा भइरहेकाे तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज हुने अन्तिम सेमिफाइनलमा मनाङ मर्स्याङ्दी र फ्रेण्ड्स क्लब खेल्दैछन् । 

    दिउँसो ३ बजे देविनगरमा रहेको एन्फा टेक्निकल सेन्टरमा हुने खेलको विजेताले शनिवार उपाधिका लागि सुदूरपश्चिम-११ सँग खेल्दैछ । मनाङ नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लब सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् ।

    बुधवार थ्री स्टारलाई १-० ले हराउँदै सुदूरपश्चिम ११ पहिलो पटक तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको हाे । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियाे । उपाधि विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद प्राप्त गर्नेछन् । विधागत रुपमा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend