यू-२० महिला एसियन कप : दोस्रो चरणमा चीनसँगै नेपाल समूह बी मा

images
  • 86
    SHARES
  • चैत्र ९, २०७९ बिहीबार
    यू-२० महिला एसियन कप : दोस्रो चरणमा चीनसँगै नेपाल समूह बी मा
    images

    काठमाडौं ।

    एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल ‘समूह बी’ मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल चीन, म्यानमार र चाइनिज ताइपेई ‘समूह बी’ मा परेका छन् ।

     

    प्यलेस्टाइनमा भएको पहिलो चरणको छनोटमा नेपाल समूह बी को विजेता बन्दै दोस्रो चरणको छनोटमा स्थान बनाएको हो । दोस्रो चरणको छनोटमा चीन र म्यानमार नेपाल भन्दा माथिल्लो वरीयता प्राप्त टिम छन् ।

     

    पहिलो चरणबाट समूह विजेता बन्दै आएका ८ टिमलाई दोस्रो चरणमा दुई समूह्यमा विभाजन गरिएको छ । समूह ए मा अष्ट्रेलिया, भियतनामा, इरान र लेवानान छन् ।दुवै समूहको शीर्ष दुईमा रहने टोली अर्को वर्ष उज्वेकिस्तानमा हुने यू२० महिला एसिनय कपमा छनोट हुनेछन् । त्यहाँ पुग्न नेपालले आफ्नो समूहमा कम्तीमा दुई खेल जित्नुपर्नेछ ।

    दोस्रो चरणको छनोट खेलहरु आगामी जुन ३ देखि १३ सम्म हुनेछ । आयोजक उज्वेकिस्तानसहित अघिल्लो संस्करणको तीन उत्कृष्ट टोली जापान, उत्तर कोरिया र दक्षिण कवरियाले भने सिधै अन्तिम चरणमा स्थान बनाइसकेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend