फ्रेन्ड्स क्लबलाई हराउँदै मनाङ तिलाेत्तमा गाेल्ड कपकाे फाइनलमा

images
  • 80
    SHARES
  • चैत्र ९, २०७९ बिहीबार
    फ्रेन्ड्स क्लबलाई हराउँदै मनाङ तिलाेत्तमा गाेल्ड कपकाे फाइनलमा
    images

    काठमाण्डाै –

    मनाङ मर्स्याङ्दी क्लब २२ औँ संस्करणकाे तिलोत्तमा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ ।

    बुटवलको देवीनगरमा रहेको एन्फा टेक्निकल सेन्टरमा भएको दोस्रो सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई पेनाल्टीमा ४–३ गोलले हराउँदै मनाङ उपाधि नजिकै पुगेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो ।

    मनाङले अब उपाधिका लागि पर्सि शनिवार सुदूरपश्चिम–११ सँग खेल्ने छ । हिजो बुधवार थ्री स्टार क्लबलाई १–० गाेलले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

    तिलाेत्तमा गाेल्ड कपकाे उपाधि विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend