काठमाण्डौको धुम्बाराहीमा ८ वटा गाडी ठोकिँदा ९ जना घाइते

images
  • 73
    SHARES
  • चैत्र ९, २०७९ बिहीबार
    काठमाण्डौको धुम्बाराहीमा ८ वटा गाडी ठोकिँदा ९ जना घाइते
    images

    काठमाण्डाै – काठमाण्डाैकाे धुम्बाराहीमा रहेको चप्पल कारखाना चोकमा आठ वटा गाडी एकआपसमा ठोक्किएका छन् । दुर्घटनामा परि नाै जना घाइते भएका काठमाण्डाै उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले बताउनुभयो ।

    एउटा माइक्रो भ्यानले मार्बल बोकेको गाडीलाई ठक्कर दिँदा अरू दुई वटा चार पाङ्ग्रे गाडी, तीन वटा मोटरसाइकल र एउटा स्कुटर ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुने एक जनालाई शिक्षण अस्पताल महाराजगञ्ज र अरू आठ जनालाई उपचारका लागि हेम्स अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    दुर्घटना गराउने भ्यानका चालकलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ ।

    तस्बिर : विष्णु जेबी थापामगरकाे फेसबुकबाट

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend