काठमाण्डाै –
ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियाेगितामा सशस्त्र प्रहरीकाे एपीएफ क्लबले मधेस प्रदेशलाई १० विकेटले हराएकाे छ ।
मधेसले दिएकाे ५९ रनकाे सामान्य लक्ष्य एपीएफले ७ ओभर ३ बलमा १ विकेट पनि नगुमाई ७५ बलअघि नै भेटायाे । एपीएफका लागि सीता राना मगरले नटआउट ४५ रन बनाइन् । यस्तै ज्याेति पाण्डे ८ रनमा नटआउट रहिन् ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे मधेस १९ ओभर ४ बलमा ५८ रनमा अलआउट भयाे । मधेसका लागि साना प्रवीनले सर्वाधिक २५ रन बनाइन् । बलिङतर्फ एपीएफकी साेनु खड्काले ४ र सीता राना मगरले ३ विकेट लिइन् ।
तेस्राे संस्करणकाे प्रतियाेगितामा आयाेजक ललितपुर मेयर्स–११ सहित सुदूरपश्चिम, सशस्त्र प्रहरीकाे एपीएफ क्लब, मधेस प्रदेश, कोशी प्रदेश गरी पाँच वटा टिमकाे सहभागिता छ ।



