सामुदायिक नृत्य प्रशिक्षण केन्द्र अब देवघाटमा सुरु

images
  • 387
    SHARES
  • चैत्र १०, २०७९ शुक्रबार
    सामुदायिक नृत्य प्रशिक्षण केन्द्र अब देवघाटमा सुरु
    images
     देवघाट तनहुँ:
    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित चक्रवर्ती सामुदायिक भवनमा सामुदायिक नृत्य प्रशिक्षण केन्द्र यहीँ मिति चैत १ गते बाट सुचारु भएको छ।
     
    सो केन्द्रका प्रशिक्षक हिमाल आलेमगरका अनुसार प्रशिक्षण केन्द्रमा जुम्बा डान्स,अरबि डान्स,कौराहा डान्स,लोक डान्स ,क्लासिक डान्स,मोडलिङ्ग तथा अन्य डान्स कक्षाहरु पनि सञ्चालन हुने बताएका छन्।
     
    प्रशिक्षण समय भने बिहान ५ बजे देखी साझा ७ बजे सम्म रहने बताएको छ।साथै आलेमगरका अनुसार देवघाटमा धेरै नृत्य कला क्षेत्रमा प्रचुर सम्भावना बोकेका व्यक्तिहरु हुँदा हुँदै पनि नृत्य प्रशिक्षण केन्द्र नहुदा पछी परेको बताउदै आगामी दिनमा यस नृत्य प्रशिक्षण केन्द्रले पुलको काम गर्न समेत दाबी गरेका छन्।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend