तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

images
  • 53
    SHARES
  • चैत्र ११, २०७९ शनिबार
    तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई
    images

    काठमाण्डाै - २२औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।

    बुटवल देविनगरमा रहेको  एन्फा टेक्निल सेन्टरमा आज भएको फाइनलमा सुदूरपश्चिमलाई ट्राइब्रेकरमा ९–८ गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको हो । उपाधिसँगै मनाङले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पाएको छ भने उपविजेता सुदूरपश्चिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाएको छ ।

    निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेका थिए । त्यसपछि खेल ट्राइब्रेकरमा गएको हो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी, गोलरक्षक, मध्यपङ्क्तिका खेलाडी, रक्षापङ्क्तिका खेलाडी र प्रशिक्षकले जनही ३० हजार रुपैयाँका दरले पुरस्कार पाएका छन् ।

    तिलोत्तमा गोल्डकपको उपाधि मनाङले पहिलो पटक जितेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend