काठमाण्डाै -
प्रधानमन्त्री कप थ्री नेसन्स कपमा लाओसले भुटानलाई पराजित गरेकाे छ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज शनिवार भएकाे खेलमा लाओसले भुटानलाई २-१ गाेल अन्तरले हराएकाे हाे।
लाओसका लागि बोन्पाचान बोन्कोङले दुई गोल गरे भने भुटानका लागि चेन्चो ग्याल्सेनले एक गोल गरे । लाओसका बाेन्काङले खेलको चौथो मिनेटमा र दोस्रो हाफको ७१औँ मिनेटमा दाेस्राे गाेल गरे । भुटानका लागि ग्याल्सेनले खेलकाे ३४औँ मिनेटमा एक गाेल गरे ।
जितसँगै लाओसले दुई खेलमा ३ अङ्क जोडेको छ । भुटानले अङ्क जोड्न सकेको छैन । लिग चरणको दुई खेल समाप्त हुँदा नेपाल ३ अङ्कसहित शीर्ष स्थानमा छ ।
नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।
विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।



