सुनको भाउ ६ सय रुपैयाँले घट्यो

images
  • 63
    SHARES
  • चैत्र १२, २०७९ आइतबार
    सुनको भाउ ६ सय रुपैयाँले घट्यो
    images

    काठमाण्डाै - हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ।

    आज सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

    अस्ति सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ थियो।

    सुनको भाउ घटे पनि आज चाँदीको भाउ भने बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend