११ दिन पैदल हिँडेरै काठमाण्डौ आइपुगे मिटर ब्याज पीडित

images
  • 71
    SHARES
  • चैत्र १२, २०७९ आइतबार
    ११ दिन पैदल हिँडेरै काठमाण्डौ आइपुगे मिटर ब्याज पीडित
    images

    काठमाण्डाै – मिटर ब्याजविरुद्ध महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर पीडितहरू आज ११ औँ दिन काठमाडौं आइपुगेका छन् । बर्दिवासबाट पैदल हिँडेका ७२ जनाको टोली आज आइतवार काठमाण्डाैकाे मातातीर्थ आइपुगेकाे हाे । 

    मिटर ब्याजविरुद्धको सङ्घर्ष समिति नेपालको आयोजनामा उनीहरूले विरोधस्वरूप पैदल हिँडेका हुन् । गाउँ–गाउँबाट आएका पीडितहरूले र्‍यालीसँगै नाराबाजी गर्दै हिँडिरहेका छन् ।

    मिटरब्याजी साहुले दुःख दिन थालेकाले महोत्तरीका मिटर ब्याज पीडित चैत २ गते काठमाण्डाैका लागि हिँडेका थिए । भोलि साेमवारदेखि माइतीघर मण्डलामा आएर विरोध प्रदर्शन गर्ने तयारी रहेको सङ्घर्ष समितिले जनाएको छ ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend