देवघाट १ चन्दुलीमा आम बहादुर गुरुङको धनसारमा आगलागी

images
  • 178
    SHARES
  • चैत्र १२, २०७९ आइतबार
    देवघाट १ चन्दुलीमा आम बहादुर गुरुङको धनसारमा आगलागी
    images

     देवघाट तनहुँ:चैत्र १२

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ चन्दुलीका स्थानीयबासी वर्ष ५२का श्रीमान आम बहादुर गुरुङ र वर्ष ४७ का श्रीमती फुलमा गुरुङको धनसारमा अचानक आगलागी हुन पुगेको छ।336987252_1754897254905826_8164696935060944757_n.jpg

    सो आगलागी बाट धनसार,एक गाई,एक गोरु,कोदो,मकै र अन्य लत्ताकपडा पुर्ण रुपमा क्षेती भएको छ भने आगो नियन्त्रण गर्ने क्रममा स्थानीय वर्ष ५३ का मान बहादुर गुरुङ घाइते हुन पुगेको छ।

    उनलाई छिपछिपे स्वस्थ्य चौकीका स्वस्थ्यकर्मीद्वारा उपचार पछि थप उपचारको लागि भरतपुर हस्पिटल पठाउने तयारी भइ रहेको समेत देवघाट ईलाका प्रहरी कार्यालयले बिहानी मिडियालाई जानकारी दिए। साथै आगलागी(घटना)को थप अनुसन्धान भइ रहेको समेत बताए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend