राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : सांसद पन्त

images
  • 47
    SHARES
  • चैत्र १२, २०७९ आइतबार
    राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : सांसद पन्त
    images

    काठमाण्डौ – ने

    कपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषदमात्रै भएको बताउनुभएको छ ।

    प्रतिनिधिसभाको आज आइतवारको विशेष समयमा भाग लिँदै उहाँले राष्ट्रपति संस्थालाई विवादमा ल्याउन नहुने भन्दै राष्ट्रपतिलाई सल्लाहकार नभई विज्ञमात्र आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    पूर्वमन्त्री पन्तले भन्नुभयो, ‘अहिलेको अभ्यास र प्रणालीलाई बलियो बनाउनुपर्छ, परराष्ट्र मामिलासम्बन्धी विषय परराष्ट्र मन्त्रालयका आधारमा मात्र चल्नुपर्छ । कानुनमै व्यवस्था नभएको परराष्ट्र सल्लाहकार राष्ट्रपति नियुक्ति गर्न मिल्दैन ।’

    सांसद पन्तले राष्ट्रपति रामचन्द्र पौडेलले कानुनमै नभएको परराष्ट्र सल्लाहकार नियुक्त गरेको हो/होइन ? आफू स्पष्ट हुन चाहेको पनि बताउनुभयाे । उहाँले देशलाई उपराष्ट्रपति नचाहिएको जिकिरसमेत गर्नुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend