मिटर ब्याज : बर्दिवासबाट पैदलै काठमाण्डौ आइपुग्नेहरू (तस्बिरहरू)

images
  • 74
    SHARES
  • चैत्र १२, २०७९ आइतबार
    मिटर ब्याज : बर्दिवासबाट पैदलै काठमाण्डौ आइपुग्नेहरू (तस्बिरहरू)
    images

    काठमाण्डाै – मिटर ब्याजविरुद्ध महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर पीडितहरू आज ११ औँ दिन काठमाण्डाै आइपुगेका छन् । बर्दिवासबाट पैदल हिँडेका ७२ जनाको टोली आज आइतवार दिउँसाे काठमाण्डाैकाे मातातीर्थ आइपुगेकाे हाे । 

    मिटर ब्याजविरुद्धको सङ्घर्ष समिति नेपालको आयोजनामा उनीहरूले विरोधस्वरूप पैदल हिँडेका हुन् । मिटरब्याजी साहुले दुःख दिन थालेकाले महोत्तरीका मिटर ब्याज पीडित चैत २ गते काठमाण्डाैका लागि हिँडेका थिए । भोलि साेमवारदेखि माइतीघर मण्डलामा आएर विरोध प्रदर्शन गर्ने तयारी रहेको सङ्घर्ष समितिले जनाएको छ ।

    तस्बिरहरू–

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend