महिला लघुवित्तको चालु आ.व.को समिक्षा तथा शाखा ब्यवस्थापन तालिम सम्पन्न

images
  • 281
    SHARES
  • चैत्र १२, २०७९ आइतबार
    महिला  लघुवित्तको चालु आ.व.को समिक्षा तथा शाखा ब्यवस्थापन तालिम सम्पन्न
    images

    रबिन दाहाल काठमाडौं

    महिला लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय साँगा काभ्रेले चालु आर्थिक बर्ष २०७९/८०को समिक्षा तथा शाखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । महिला अधिकार तथा विकास केन्द्रको आयोजानमा बुटवलमा भएको २ दिने संस्थाको चालु आ.व.को समिक्षा तथा शाखा ब्यवस्थापन तालिम शुक्रवार सम्पन्न भएको हो । तालिममा बोल्दै महिला अधिकार तथा विकास केन्द्रकी संस्थापक अध्यक्ष तुल्सी थापाले संस्थामा आवद्ध महिलाहरुको वित्तीय कारोबारमा विशेष ध्यान दिन उपस्थित कार्यालय प्रमुखहरुलाई आग्रह गरिन् ।

     

    उनले लघुवित्त वित्तीय संस्थाबाट लिईसकेको कर्जा सदस्यले तिर्दैन भन्न नपाईने तथा यस्ता कार्यमा संग्लनहरुलाई सरकारले कानूनी कारर्वाही गनुपर्ने समेत उल्लेख गरिन। उनले पछिल्लो समयमा लघुवित्त वित्तीय संस्थाको कार्यक्रमका बारेमा भ्रम पैदा भएको भएपनि यस्ता खालका भ्रममा नगरी आफ्नो संस्थाले दिने बित्तीय सेवामा लाग्न कार्यालय प्रमुखहरुलाई आग्रह गरिन । महिला लघुवित्त संस्थाबाट कर्जा लिएका महिलाहरुलाई स्वरोजगार बनाउनको लागि समय समयमा तालिम समेत प्रदान गर्ने उनको भनाई रहेको थियो ।336785058_604546251545899_1711937069883099264_n.jpg

    महिला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले कार्यक्रममा बोल्दै महिला लघुवित्तमा सहभागी महिलाहरुलाई एकिकृत गरी अहिलेको विद्यमान आर्थिक मन्दीलाई मध्यनजर गरेर काम गर्न सहभागि कार्यालय प्रमुखहरुलाई आग्रह गरेका थिए । लघुवित्त वित्तीय संस्थाले स–सानो पुँजीबाट आर्थिक उपार्जनको बाटोमा उदाहरणीय काम गरेको उल्लेख गदैं लघुवित्त संस्थामा कार्यरत कर्मचारीहरुलाई अहिलेको अवस्थामा हतोसाहित नभई एकताबद्ध भएर काम गर्न आग्रह गरे । दुई दिन सम्म चलेको तालिममा केन्द्रीय कार्यालयबाट सहायक कार्यकारी अधिकृत हरि प्रसाद गौतम र कर्जा असुली तथा जोखिम व्यवस्थापन विभाग प्रमुख ईश्वर बहादुर रोका, आन्तरिक लेखा परिक्षण विभाग प्रमुख बलबहादुर राना, अनुगमन तथा निरिक्षण विभाग प्रमुुख बुद्धिसागर न्यौपाने र केन्द्रीय कार्यालयका विभिन्न विभाग प्रमुखहरुको सहभागीता रहेको थियो । जसको मुख्य प्रशिक्षकको भुमिका राजु नेपाल रहेका थिए ।

    336619308_133697749655322_1420401227991730550_n.jpg

    राष्टिय स्तरको कार्यक्षेत्र रहेको महिला लघुवित्तको हाल ३४ जिल्लामा ७० वटा शाखा कार्यालयहर र ८ वटा सुपरिवेक्षण तथा निरिक्षण कार्यालयबाट ७५ हजार महिला सदस्य आवद्ध रहेको केन्द्रीय कार्यालयका योजना अनुसन्धान विभाग प्रमुख नारायण रोका ले बताए । २ दिन सम्म चलेको कार्यक्रममा संस्थाको ४ वटा सुपरिवेक्षण कार्यालय मातहतका ३५ वटा शाखा कार्यालयका कार्यालय प्रमखुहरु सहभागि रहेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend